झापा । झापाका ९ जनासहित प्रदेश १ मा आज ४८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्यो ३८ जना पुरूष र १० जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबैभन्दा बढी मोरङमा २४ जना, सुनसरीमा १४ जना, झापामा ९ जना र प्रदेश १ स्थायी ठेगाना नभएका १ जना रहेका छन्।

संक्रमण देखिएकाहरूमध्ये मोरङको विराटनगरमा १२ पुरूष, बबिया १ पुरूष, गुलुमका १ पुरूष र रंगेलीका ३ महिला र ६ पुरूष रहेका छन् ।

त्यस्तै, सुनसरीको धरानमा ४ महिला र ५ पुरूष, दुहबीमा ३ पुरूष र कोशी गाउँपालिकाका २ पुरूष रहेका छन् ।

झापाको मेचीनगरका ३ महिला र ३ पुरूष र भद्रपुरका ३ पुरूष रहेका छन्, भने प्रदेश बाहिर रौर, रौतहटका १ जना पुरूष रहेको अपडेटमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ७८ जनामा पिसिआर परीक्षण गरिएको छ । प्रदेश १ मा हाल सम्म स्थायी ठेगाना प्रदेश १ रहेका १५९८ जना र प्रदेश १ बाहिरका १३ जनामा कोरोना संक्रमय पुष्टिभएको छ । हाल २ सय ५९ जना आसोलेसनमा रहेका छन् ।