काठमाडौं । नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । डा गौतमका अनुसार मंगलबार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो। धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी विदेह नगरपालिका–८ का रहेको मन्त्रालयले जनाएको थियो।

यसअघि सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

डा गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो।

त्यसैगरी पर्साको वीरगञ्जमा(१५ की ४५ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि भएको थियो ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनी साउन २४ गते नारायणी कोभिड विशेष अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा २५ गते उनको मृत्यु थियो ।

त्यस्तै काठमाडौ १० मध्यबानेश्वर बस्ने एक ७६ वर्षीय पुरुषको कोरोनाका कारण साउन २६ गते मेडिकेयर अस्पतालमा मृत्यु भएको पुष्टि भएको थियो भने कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि सोमबार नै निधन भएको थियो ।

डा गौतमका अनुसार अनुसार यसअघि आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका पोखरा १९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

त्यस्तै शनिबार पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसअघि शुक्रबार एकैदिन पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

योभन्दा अगाडि गत विहीबार पनि पाँच जनाकै मृत्यु पुष्टि भएको थियो । मन्त्रालयका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि गत बुधबार पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको हो । यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि बुधबार नै कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा आज थप ९ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।