इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । उनको गए राति ११ बजेतिर मृत्यु भएको हो ।

सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले पुष्टि गरेका छन् ।

मृतक युवा साउन २६ गते भारतको हैदरवादबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मृतको पिसिआर परिक्षणको रिपोर्ट आइसकेको छैन । साउन ३० गते उनको स्वाब परिक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताए ।

क्वारेन्टाइनमा बसेकै बेला उनी आइतबार बिरामी परेका थिए । उनको प्राथामिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए ।

मृतकमा स्वास प्रश्वासको समस्या देखिएको थियो । मृतकको नाम खुलाइएको छैन ।