काठमाडौं । नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक(एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला गरी तीन जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि आइतबार २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए ।

यसअघि शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।