झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

शुक्रबार थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबारको ब्रिफिङका क्रममा मन्त्रालयले एक महिला र १० पुरुष गरी थप ११ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, महोत्तरी, दोलखा र प्यूठानमा समान १-१ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । शुक्रबार थप ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २५० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । कुल संक्रमितमध्ये ५९।८ प्रतिशतले कोरोना जितेका हुन् ।