बिर्तामोड । झापाको बाह्रदशीमा आज तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आसाम, विहार र कतारबाट आएका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनीहरु ५ र ६ वडाका हुन् । यो सँगै बाह्रदशीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सो गाउँपालिकाका १३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । आजसम्म झापामा कुल संक्रमितको संख्या ५०९ पुगेको छ ।

आइतवारसम्मको तथ्याङक अनुसार भद्रपुरमा जम्मा संक्रमित २८, मेचीनगर १०४, बिर्तामोड १८, कनकाई १३, अर्जुनधारा २२, दमक ६३, गौरादह १९, शिवसताक्षी ११ जना रहेका छन् ।

त्यस्तै, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३९, कमल ७, गौरीगञ्ज २६ र झापाका ९ पुगेको चौलागाईले जानकारी दिए । हालसम्म ३९७ जना उपचारपछि घर फर्किएका छन् भने १०९ जना उपचाररत रहेका छन् ।