झापा । प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङका संक्रमितहरुमा विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिला र १३ पुरुष छन् ।

मोरङको सुन्दरहरैचामा १ महिला र २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला र १ पुरुष, धरानमा २ महिला र १ पुरुष, इटहरीमा १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको बा¥हदशीमा १ महिला र ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार आज सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।