काठमाडौं । आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसम पूर्वानुमान

भदौ १० गते (बुधबार)
दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ११ गते (बिहीबार)

दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेश एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेश का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।