झापा । प्रदेश १ मा आज एक सय आठ जना संक्रमित थपिएका छन् ।

मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला र १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष, गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ ।

उता तेह्रथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार नौ सय ४० पुगेको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ८५ पुगेको छ । प्रदेश १ मा आज एक हजार तीन सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आजसम्म ८२ हजार १०२ पुगेको छ ।