झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर बुधबार अपराह्न एक महिलाको मृत्यु भएको छ ।

अर्जुनधारा ३ स्थित कैदले निवासी २४ वर्षीय अन्जना राईको मृत्यु भएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अपराह्न साडे चार बजे करेन्ट लागेका उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

शवको पोस्टमार्टम गर्न हिजै मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ भने आजमात्र पोस्टमार्टम हुने बताइएको छ । विपन्न परिवारका अन्जनाका श्रीमान शोभितमान राई मिस्त्री काम गर्दै आएका थिए ।