समाज

बिर्तामोडबाट ब्राउन सुगरसहित एग्रोभेट्स सञ्चालक पक्राउ

By admin

September 12, 2020

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड-३ स्थित गोपाल एग्रोभेट्समा ब्राउन सुगरको कारोबार भइरहेको सूचना पाएसँगै एग्रोभेट्सबाटै २२ ग्राम ब्राउन सुगरसहित सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जनाए ।

बिर्तामोड प्रहरीले छापा मारेर शनिबार उनलाई पक्राउ गरेको हो ।