समाज

बिर्तामोडमा माइक्रोको ठक्करबाट एकको मृत्यु

By admin

September 26, 2020

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ स्थित मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको बा. ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई शुक्रबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मेचीनगर नगरपालिका ११ धाइजनका ६८ वर्षीय विर्खध्वज काम्वाङको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हायस चालक झापा भद्रपुर १ का ३८ वर्षीय बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।