समाज

अर्जुनधारामा महिला हिंसाविरुद्ध किशोरीहरुको प्रदर्शन

By admin

October 08, 2020

झापा । जुनसुकै प्रकारका महिला हिंसाविरुद्ध झापा अर्जुनधाराका किशोरीहरुले प्रदर्शन गरेका छन् ।

स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । अर्जुनधारा जलेश्वरधाम परिसरबाट सुरु भएको प्रदर्शनले शनिश्चरे बजारहुँदै, शनिश्चरे मावि, खानेपानी रोड, नगरपालिकाको कार्यालयहुँदै पुनः शनिश्चरे बजार पुगेर देवकोटा चौकमा चर्का नाराबाजी गरेका थिए ।

के नारीको स्वतन्त्रता खोसिएकै हो त ? भन्ने नारा लेखिएको व्यानर बोकेका युवतीहरुले घरभित्र र बाहिर हुने सबै प्रकारका महिला हिंसा, बलत्कार, एसिड प्रहारलगायतका हिंसाविरुद्ध प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

स्थानीय ओसिन राज्यलक्ष्मी भट्टराई नेतृत्वको किशोरीहरुको समूहले महिला हिंसाका विषयमा सरकार मौन बसेको भन्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न हिंसाका घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा मैन बत्ती बालेका थिए ।

प्रदर्शनमा सहभागी प्रजिता बिक र तनुजा बाँस्तोलाले महिला हिंसाविरुद्धमा कविता बाचन गरिन् । केही सहभागीहरुले एसिड आक्रमणमा परेको डरलाग्दो आकृतिलाई अनुहारमा लिएर आएका थिए ।

सबै किशाेरीहरूले विराेधस्वरूप कालाे पाेशाक लगाएर प्रदर्शनमा सहभागी भएका थिए । किशाेरीहरूकाे प्रदर्शन अवधिभर शनिश्चरे प्रहरी चाैकी र अस्थायी ट्राफिक पाेस्टका सुरक्षाकर्मीले साथ दिएका थिए ।