समाज

डेढ लाखबराबरको पटकासहित अटो चालक पक्राउ

By admin

October 10, 2020

झापा । खुर्सानी पटकासहित एक व्यक्ति पक्राउ परेका छन् । १ लाख ५० हजार रुपैयाँ बराबरको पटकासहित शुक्रबार राति भद्रपुर–३का ४२ वर्षीय ढाक्रे राजबंशी पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैधरुपमा भन्सार छलि ल्याइँदै गरेको ५८ बन्डल अमुरु खुर्सानी पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

बरामद पटका, अटो र चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।