समाज

पाँचथरमा सङ्क्रमित बढेसँगै लकडाउनमा कडाइ

By admin

November 11, 2020

पाँचथर । पाँचथर जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै जिल्लाका बिभिन्न स्थानमा लकडाउनलाई कडाई गरिएको छ ।

जिल्ला सदरमुकाम फिदिममा मंगलबार साँझसम्मको पिसिआर परीक्षणे रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम फिदिम बजारमा मोटर साइकलसहितका दुई पाङग्रे र चार पाङग्रेसहितका सबै सार्वजनिक तथा निजी यातायातका सेवाहरु र व्यवसाय सञ्चालनमा प्रशासनले कडाई गरेको हो ।

जिल्ला सदरमुकाम फिदिममा लकडाउनको उल्लङ्घन गर्न खाेज्ने दर्जनौँ मोटरसाइकललाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

जिल्लाको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष, महासचिव, सदस्य र व्यवसायीहरु तथा रवि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सोमित राय र सुरक्षाकर्मी समेतलाई हालै कोरोना पोजेटिभ देखिएपछि सो प्राथमिक स्वास्थ्य केन्द्र र रवि बजार कार्तिक २३ देखि ३० गतेसम्मको लागि सिल गरिएको छ ।

यसअघि जिल्ला सदरमुकामको फिदिम नगरपालिकामा दुई हप्ताका लागि मंसिर २ गतेसम्म लकडाउन गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।