समाज

अर्जुनधाराकी वृद्धाको बलात्कारपछि हत्या

By admin

December 10, 2020

चारआली । झापाको मेचीनगर-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा-११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो ।

प्रहरीले अभियुक्त भद्रपुर-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । आज विहान अभियुक्त आफैले वृद्धाको शब भेटिएको खबर प्रहरीलाई दिएका थिए ।

बिर्जाले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले बताए । लाशलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ । बलात्कारपछि हत्या भए नभएको मेडिकल रिपोर्ट आएपछि मात्र प्रमाणित हुने डिएसपी थापाले बताए ।