खेलकुद

झापाको दमकमा दुम्सेली कप फुटबल हुने

By admin

December 14, 2020

दमक । चुलाचुली फुटबल क्लबको आयोजनामा पुस २ गतेदेखि दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दमक ३ दुम्सेस्थित चुलाचुली खेल मैदानमा हुने प्रतियोगितामा झापा र मोरङका १२ वटा फुटबल क्लबले सहभागिता जनाउने निश्चित भइसकेको छ । पुस १२ गते हुने फाइनल खेलको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पाउने आयोजकले जनाएको छ ।