कला

निश्चलको जन्मदिनमा ‘जिन्दावाद’

By admin

January 21, 2021

काठमाडौँ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नाे जन्मदिनका अवसरमा फिल्म निर्माणको घोषणा गरेका छन्।

निश्चलले आफू ४०औं वर्षमा प्रवेश गरेको दिन पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन्। उनले यो वर्ष ‘जिन्दावाद’ नामक फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन्।

जिन्दावादको स्क्रिप्ट बुद्धि सागरले लेखिरहेका छन्। निश्चलले यसअघि तीनवटा फिल्म निर्देशन गरिसकेका छन्। नेपाली फिल्मप्रति दर्शकको वितृष्णा बढिरहेका बेला निश्चलले लुट निर्देशन गरी तहल्का मच्चाएका थिए।

त्यसपछि उनको निर्देशनमा आएका ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट-२’ ले भने ‘लुट’को जस्तो तहल्का मचाउन सकेन। पछिल्लो समयमा निश्चल अभिनय क्षेत्रमा बढी देखिन थालेका थिए ।