खेलकुद

महिला लिग: वालिङविरुद्ध चौदण्डी र आर्मीविरुद्ध विराटनगर भिड्ने

By admin

February 11, 2021

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।

आर्मी र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । आर्मी विराटनगरलाई हराएर शीर्ष स्थानको एपीएफलाई दबाब दिन चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।