अर्थ बजार

बिर्तामोड उद्योग बाणिज्य संघमा नेकपा-राप्रपाको संयुक्त प्यानल र कांग्रेसको उम्मेदवार घोषणा

By admin

February 17, 2021

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा-राप्रपाको संयुक्त गठबन्धन र नेपाली कांग्रेसको तर्फबाट एकल प्यानलबाट उम्मेदवार घोषणा गरिएको छ ।

बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै प्यानलले आफ्ना उम्मेदवारको घोषणा गरेका हुन् । दिउँसो २ बजे नेकपा र राप्रपाको संयुक्त प्यानलले सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरेको थियो भने साँझ गरिएको छुट्टै सार्वजनिक कार्यक्रममा प्रकाश सिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक व्यवसायीहरुको उम्मेदवारी घोषणा भएको हो ।

यही फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी रहने छ ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी रहने भएको छ ।

राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीले उम्मेदवारी दिनेछन् ।

यस्तै, लोकतान्त्रिक व्यवसायीको प्यानलबाट संघको वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश सिवाकोटी अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क महिला उपध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुँडाल हुमागाईंको उम्मेदवारी रहेको छ ।

यसैगरी, सदस्यको उम्मेदवारमा विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक मित्तल, मनोज रौनियार, पुकार बराल, बलराम सिटौला (राम), महिला सदस्यद्वयमा तिलोत्तमा खत्री र तुलसा ढकाल रहेका छन् ।

निर्वाचन समितिले फागुन ६ गते उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । यसपालिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।