अर्थ बजार

तेह्रथुममा बाँसबाट आम्दानी लिँदै ग्रामीण किसान

By admin

February 25, 2021

तेह्रथुम । तेह्रथुमका ग्रामीण भेगमा यातायातको सुविधा भएपछि किसानले बाँस बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

यसअघि डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्ने गरेका कृषकले बाँसका घना नै बेच्न सुरु गरेका हुन् ।

गाउँघरमा बार बार्न, दाउरा बाल्न, घर–गोठ बनाउन मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि कृषकलाई आम्दानीको राम्रो श्रोत बनेको छ ।

बाँस बिक्रीबाट एक सिजनमा १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी भएको कृषकहरुको भनाइ छ । कृषकहरुबाट खरिद गरेको बाँस राजधानीमा बढी आपूर्ति हुने गरेको छ ।