स्वास्थ्य

नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट

By admin

May 18, 2021

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ।

परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।