समाज

सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई मातृशोक

By admin

June 04, 2021

झापा । सयौं बालबालिकाका लागि सहारा बनेकी सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई मातृशोक परेको छ ।

अर्जुनधारा ११ मा छोराहरुसँग स्थायी बसोबास गर्दै आएकी मनमाया मगरको ९६ बर्षको उमेरमा आज बिहान ५ः३० बजे निधन भएको हो । उनी मधुमेह र प्रेसरको बिरामी थिइन् । उनका दुई छोरा जगतबहादुर र रणबहादुर मगर तथा दुई छोरीहरु पार्वती र इन्दिरा हुन् ।

बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगर काठमाडौँमा बसेर बालबालिकाहरुको सेवा गर्छिन् भने जेठा छोरा जगतबहादुर निजामती सेवाबाट निवृत कर्मचारी हुन् ।

उनको नाममा छोरी इन्दिराले मनमाया आमा बालगृह संचालन गरेकी छिन् । परिवारकै तर्फबाट जुनकिरी स्कुललाई बुबाआमाको स्मृतिमा १ कट्ठा १० धुर जमिन प्रदान गरिएको छ ।