समाज

लागूऔषधसहित बिर्तामोडका तीन कारोबारी पक्राउ

By admin

June 09, 2021

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट घेराबारीले लागू औषधसहित बिर्तामोडका तीनजना कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड २ बस्ने ३० वर्षिय जीवन धौराली , सोही ठाउँका २० वर्षिय सुमन मिश्र र बिर्तामोड ७ का २८ वर्षिय सुरेन्द्र ढकाल रहेका छन् । लागूऔषध लिएर भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरु भिन्नाभिन्नै समय र स्थानबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीले मे ९ प ४२१८ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । तीनवटा लागूऔषधको घटनामा एउटामा एकजना र अर्कोमा दुईजना पक्राउ परेका हुन् । तेस्रो घटनामा भने कारोबारी झोला छोडेर भारततर्फ नै फरार भएको जनाइएको छ ।