समाज

इलाम नगरपालिकाद्वारा खोनेपानी र सटर भाडामा छुट

By admin

June 09, 2021

इलाम । इलाम नगरपालिकाले कोभिडको दोस्रो भेरियन्टबाट प्रभावित भएको भन्दै खानेपानी शुल्क र सटर भाडा शुल्कमा छुट दिने भएको छ ।

नगरपालिकाले २०७८ बैशाख महिनाको खानेपानीको सेवा शुल्कको जरिवानामा रकम छुट गर्ने, २०७८ जेठ महिनाको खानेपानी सेवा शुल्कमा २० हजार लिटरसम्मको खपतमा शतप्रतिशत छुट दिने भएकाे छ ।

यस्तै, २०७८ जेठ महिनाको नगरपालिकाको सटरपसल र भ्युटावरको मासिक भाडामा ४० प्रतिशत छुट दिने नगरपालिकाले जनाएको छ ।