समाज

रहेनन् बिर्तामोडका युवा व्यवसायी दिपेन्द्र पोख्रेल

By admin

June 10, 2021

झापा । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत झापाका युवा व्यवसायी, उद्योगी दिपेन्द्र पोखरेलको गएराति निधन भएको छ ।

काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पोखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले बताए । ५३ वर्षिय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए ।

नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । उनी दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए ।

सामाजिक कार्यमा जहिल्यै सक्रिय उनी झापा बिर्तामोडका युवाहरुको ढुकढुकी नै थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी नेपाली कांग्रेसका सक्रिय कर्ताकर्ता थिए ।

उनको आजै कनकाई माइमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । बिर्तामोड ३ निवासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।