समाज

अर्जुनधारालाई हेफर इन्टरनेशनलको ८ लाख सहयोग

By admin

June 14, 2021

अर्जुनधारा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हेफरले सोमबार उपलब्ध गराएको चेक नगरपालिका मेयर हरिकुमार राना र उपमेयर कमला खतिवडालाई हस्तान्तरण गरिएको हो ।

संविधानसभा सदस्य तथा अभियान नेपालका अध्यक्ष प्रेमबहादुर गिरीले नगरका मेयर तथा उपमेयरलाई आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । अर्जुनधाराको अभियान नेपाल र हाम्रो स्वावलम्वी सामाजिक उद्योगी महिला सहकारी संस्थाको समन्वयमा रकम उपलब्ध भएको हो ।

नगरका मेयर रानाले चेक लिँदै उक्त रकम नगरको अहिले सञ्चालनमा रहेको आइशोलेसलाई सरुवा रोग अस्पतालका रुपमा बीउ पुँजीका रुपमा सञ्चालन गरिने बताए । उनले सरुवा रोग अस्पताल सञ्चालनका लागि नगरसभाबाट पारित गरिने जानकारी गराए ।