समाज

युवती मृत्यु प्रकरणः बिर्तामोडबाट शव धरान पठाइयो

By admin

July 12, 2021

बिर्तामोड । आज बिहान अर्धनग्न अवस्थाला फेला परेकी २५ वर्षीया युवतीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

बिर्तामोड ५ मा डेरा गरि बस्ने ती किशोरी मृत अवस्थामा घर बाहिर फेला परेकी थिइन् । शव उठाउन स्थानीयले केहीबेर अवरोध गरेका थिए । रहस्यमय मृत्यु भएका कारण अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो । सो कुकुर घरभित्रै पसेको छ ।

चौथो तलामा बस्ने युवती राति आफ्नै कोठामा सुतेको परिवारको भनाइ छ । बिहानसम्म घरका सबै तलामा ताला लगाइएको थियो ।

युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर घरभित्रै छिरेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीलाई अनुसन्धानमा सहायताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरभित्रै तर्फ मोडिएको छ ।

बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको थियो ।

बिर्तामोड नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २६ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् । सानिमाको घरमा सपरिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको थियाे ।

बिर्तामोडमा केही महिनाअघि तीनवटा हत्याका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकिरहेको अबस्थामा अर्को घटना घट्न पुगेको छ ।