समाज

ब्राउनसुगरसहित शिवसताक्षीका दुई युवा पक्राउ

By admin

July 12, 2021

झापा । झापाको शिवसताक्षीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

आइतबार राति ९ बजे शिवसताक्षी ६ चौक बजारमा स्थानीय २३ वर्षिय रियाज अन्सारी र वडा नं ४ बस्ने २१ वर्षिय संजय प्रधानलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

को ७ प ४९०६ नम्बरको मोटरसाइकल रोकी बसिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय झिलझिले र ईलाका प्रहरी कार्यालय शिबगंज झापाबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्लाष्टिकसहित ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद १३ हजार, मोबाइल ४ थान बरामद गरी दुवै जनालाई थप अनुसन्धानको लागि ईप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।