समाज

अर्जुनधाराको खरवन्दीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

By admin

September 06, 2021

झापा । झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका चौधरीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।