समाज

राँके-रवि-भेडेटार सडकको दुरावस्था

By admin

September 08, 2021

पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेको छैन ।

भारतको एप्को इन्फ्रान्ट निर्माण कम्पनीको ढिलासुस्तीले १ सय किलोमिटर लामो सडक निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।

३ अर्ब ६५ करोड ८४ लाख ९५ हजारको लागतमा तीन वर्षमा सडक सम्पन्न गर्ने सम्झौता गरे पनि हाल सडकको १८ प्रतिशत मात्र काम भएको छ ।

यो सडक खण्डमा बर्खायाममा गाडी गुडाउन समस्या हुने गरेको छ । सडक निर्माणको कामलाई तिव्रता दिन स्थानीयले पटक/पटक सम्बन्धित पक्षलाई आग्रह गरिरहेका छन् ।