समाज

अग्निपीडितका लागि २ दिनमा ४ लाख बढी उठ्यो

By admin

September 17, 2021

शनिश्चरे । एलपी ग्यास चुहावट हुँदा भएको आगजनीमा परी घाइते भएका एक परिवारको स्वास्थ्योपचारका लागि स्थानीयलगायतले आर्थिक सहयोग गरिरहेका छन् ।

गएको भदौ २६ गते अर्जुनधारा ७ स्थित पुष्पलाल मार्ग निवासी रोमनाथ खनालको घरमा ग्यास चुहावट हुँदा उनीसँगै उनको श्रीमती दुर्गा र छोरा पंकज गम्भीररुपमा घाइते भएका थिए । उनीहरुको स्वास्थ्योपचारमा आर्थिक समस्या भएपछि स्थानीय छरछिमेकले आर्थिक संकलन समिति गठन गरेर सहयोग रकम जुटाइरहेका छन् ।

यसैबीच, अर्जुनधारा ९ स्थित शनिश्चरे अस्पतालका जनस्वास्थ्य निरीक्षक सन्तोष चिमरीयाले आफ्नो जन्मोत्सवमा गर्ने खर्चलाई आगलागीमा परी घाइते भएकाहरुको उपचारमा सहयोग गरेका छन् ।

घाइतेको उपचारमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको निरीक्षक चिमरीयाले बताए । शुक्रबार आफ्नो ३५औं जन्मोत्सवको सन्दर्भमा पीडितको घरमै पुगेर आर्थिक सहयोग संकलन समितिका संयोजक गोविन्द खतिवडालाई नगद ११ हजार एक सय १५ हस्तान्तरण गरेका थिए ।

हाल काठमाण्डौंस्थित किर्तीपुर अस्पतालमा उपचाररत् उनीहरुको उपचारको लागि देशभित्र र देश बाहिर रहेका दाताहरुबाट सहयोग रकम प्राप्त भइरहेको संयोजक खतिवडाले जानकारी दिए । हालसम्म चार लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

संयोजक खतिवडाका अनुसार दाताहरु धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५१ हजार रुपैयाँ, संयोजक खतिवडाबाट ५० हजार रुपैयाँ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा शाखाबाट ३० हजार पाँच सय रुपैयाँ, प्रज्वल बुढाथोकीबाट २५ हजार चार सय रुपैयाँ, योगेन खतिवडाबाट २५ हजार रुपैयाँ, देविका बुढाथोकीबाट २१ हजार रुपैयाँ सहयाेग प्राप्त भएकाे छ ।

यसैगरी, शारदा अधिकारीबाट २० हजार रुपैयाँ, अजयकुमार शिवाकोटीबाट १३ हजार रुपैयाँ, नेपाल विद्युत प्राद्यिकरण उपवितरण केन्द्र शनिश्चरेका कर्मचारीहरुबाट १२ हजार दुई सय रुपैयाँ, विष्णुलक्ष्मी हार्डवेयरबाट ११ हजार रुपैयाँ, नविन पोखरेबाट ११ हजार रुपैयाँ, भरत कँडेलबाट ११ हजार रुपैयाँ, राजेन्द्रंपुनम गट्टानीबाट ११ हजार रुपैयाँ, इन्दिर भट्टराईबाट १० हजार रुपैयाँ, नेपाल बाबाट १० हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

त्यसैगरी दाताहरु उपेन्द्र भट्टराई, निरज ढकाल, याम कार्की, वसन्त सोमानी, हरि निरौला, हेमराज कोइरालाबाट पाँच हजार एक सय, खगेन्द्र खतिवडा, चन्द्र सुवेदी, चुँडामणी निरौला, नारायण घिमिरे, पशुपति त्रितालबाट पाँच हजार तथा राजेन्द्र काफ्लेबाट तीन हजार एक सय रुपैयाँ र उमा श्रेष्ठ र निसा निरौलाबाट तीन तीन हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

पीडित परिवारको उपचारको लागि हालसम्म चार लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको समितिका सचिव एवम् सामाजिक अभियन्ता कमल पोखरेलले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार अनुमानित २२ लाख खर्च आवश्यक पर्ने हुँदा सचिव पोखरेलल यस अभियानमा सहभागी भई सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् ।

पीडित परिवारलाई सहयोग गर्न चाहने दाताहरुले सिभिल बैंक शनिश्चरे शाखाको खाता नम्बर ०७६१०५५१९५१०१२ मा सहयोग रकम जम्मा गर्न अथवा समितिका संयोजक खतिवडाको मोबाइल नम्बर ९८५२६७४३८५ र सचिव पोखरेलको मोबाइल नम्बर ९८५२६७१११४मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ ।