समाज

बिर्तामोडबाट १४६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

September 28, 2021

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमवार बिर्तामोड १ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले १४६ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरसहित कनकाई ९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट १४२.३७ ग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको हो ।

कोठाबाट डिजिटल तराजु एक थान, क्यानन कम्पनीको क्यामरा र मोटरसाइकल बरामद गरि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरि कारवाही गरिने झापा प्रहरीले जनाएको छ ।

प्रहरीले बिर्तामोड क्षेत्रका लागि ब्राउन सुगरको थोक विक्रेता (डिलर) नै पक्राउ परेको अनुमान गरेको छ ।