सूचना प्रविधि

देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

By admin

September 29, 2021

काठमाडौं । बंगालको खाडीको उत्तर पश्चिम भुभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १ का विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहानको रातिदेखि सुरु भएको वर्षा केही समयपछि रोकिने बताइएको छ ।

महाशाआअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली भई एक, दुई स्थानमा वर्षा भईरहेको छ। देशभर आँशिकदेखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।