खेलकुद

श्रीलंकासँग भारत बराबरीमै रोकियाे

By admin

October 07, 2021

झापा (एजेन्सी) । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ ।

मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाए पनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केही गोलको अवसर खेर फालेको थियो ।

भारतको यो लगातार दोस्रो खेल पनि बराबरी भएको हो । यसअघि भारतले बंगलादेशसँग १(१ गोलको बराबरी खेलेको थियो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तेस्रो स्थानमा रहेको छ ।

श्रीलंकाको यो पहिलो एक अंक हो । चौंथो स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ । श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो ।

भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा कायमै रहेको छ । नेपाल फाइनल नजिक रहेको छ ।

अब नेपालले तेस्रो खेल भारतसँगै खेल्नेछ । भारतकाे याे खेलले नेपाललाई फाइदा पुगेकाे छ । श्रीलंकासँग बराबरी खेलेसँगै फाइनल यात्रा अझ बलियाे बनेकाे छ ।