समाज

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने अर्जुनधारा ११ का निरज तामाङ

By admin

October 08, 2021

झापा । अर्जुनधाराको खुदुनाबारीमा भएको मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिको पहिचान खुलेको छ ।

 

मृत्यु हुनेमा अर्जुनधारा ११ पुतली झोडाका निरज तामाङ रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा खुदुनाबारीदेखि शनिश्चरेतर्फ आइरहेका ३० वर्षीय तामा को घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रहरीका अनुसार करिब पौने ५ बजे अर्जुनधारा २ स्थित फाल्गुनन्द चौक र झेलेनीको बीच भागमा पर्ने सडकमा मोटरसाइकल दुर्घटना भएको थियो । मे. ४ प २८१५ नम्बरको मोटरसाइकल सडक नजिक रहेको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी मोटरसाइकलमा धेरै क्षति पुग्नका साथै त्यसमा सवार तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

तत्काल पहिचान नखुलेका ती युवाको साथमा नागरिकता भेटिएपछि नाम, ठेगाना पत्ता लागेको अस्थायी ट्राफिक प्रहरी पोस्ट शनिश्चरेले जनाएको छ ।

 

मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।