समाज

झापाको बिर्तामोडबाट ब्राउन सुगरसहित एक पक्राउ

By admin

October 19, 2021

बिर्तामोड । झापाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय जगदिश ओली रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउनसुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।

 

ओलीको साथबाट सेतो प्लाष्टिकमा सानो सानो प्लाष्टिकको पोकासहित ९ ग्राम ब्राउनसुगर बरामद भएको हो । उनको साथमा फेला परेको एउटा पोकामा ५ ग्राम २२० मिलीग्राम र अर्कोमा ४ ग्राम ४० मिलीग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

पक्राउ परेका ओलीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनामनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।