समाज

झापामा ब्राउन सुगरसहित दुई शरणार्थी पक्राउ

By admin

October 20, 2021

झापा । सशस्त्र प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर)सहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।

 

 

सशस्त्र प्रहरीले बुधबार साँझ ५ः३० बजे मेचीनगर नगरपालिका वडा नं ७ को सीमा ईलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई पक्राउ गरेको हो ।

 

दमक नगरपालिका वडा नं ३ भुटानी शरणार्थी क्याम्प बस्ने बलराम लिम्बू र मनकी राईलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

 

चेकजाँच गर्दा उनीहरुको साथबाट करिब ४ः१० ग्राम खैरो हिरोइन फेला परेको र आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।