समाज

यासोक-फिदिम सडक सञ्चालनमा

By admin

October 27, 2021

पाँचथर । कात्तिक १ देखि ३ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढीले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम-सखरखण्डे-यासोक खण्ड बुधबार बिहानैदेखि सञ्चालनमा आएको छ ।

 

बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

 

जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रमा सिवा र निबु खोलाले धार परिवर्ततन गरी पुलको जग भत्काउनका साथै सडक खोतल्दा उक्त सडक कात्तिक ३ गतेदेखि अवरुद्ध थियो । इकान्तिपुरबाट