समाज

साहित्यकार गणेश रसिकलाई पत्नी शोक

By admin

October 28, 2021

झापा । वरिष्ठ गायक गीतकार तथा संगीतकार गणेश रसिकलाई पत्नी शोक परेको छ ।

 

नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षीय शेरचनको एक साता आईसीयुमा उपचार गरिएको थियो ।

 

स्वास्थ्य अवस्था अझ गम्भीर बनेपछि त्यसयता भेन्टिलेटरमा राखेर ह्याम्स अस्पताल काठमाडौमा उपचार हुँदै आएको थियो । भेन्टिलेटरमै राखेर उपचाररत रहेको अवस्थामा उनको बुधबार दिउँसो २ बजे निधन भएको हो ।

 

मृतकको अन्तिम दाहास्कार आज बिहान १० बजे पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा गरिएको छ । उनको एक छोरा र एक छोरी छन् । छोरा निमेश रसिक राईको गत २०६७ सालमा फिक्कल रम्फोकस्थित घरमा निधन भएको थियो ।