समाज

मेचीनगरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

By admin

November 04, 2021

धुलाबारी । झापाको मेचीनगर नगरपालिका १० खयरडाँगीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय रबि झा रहेका छन् । हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसुगर २ ग्राम ७०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

 

उनको साथबाट नगद १० हजार ८ सय ३० रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका झालाई प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विाटनगरले जनाएको छ ।