अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको छ ।
निर्वाचन समिति अध्यक्ष मण्डलद्वारा पार्टी कार्यालयमा आयोजित घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो । चार पदाधिकारीसहित ८६ जना नगर कमिटीमा समेटिएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र नेपालको अध्यक्षता र प्रदेश नं १ पार्टी कमिटी सदस्य वृख प्रधानको प्रमुख आत्थियमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बलदेवसिंह गोम्देनलाई निर्वाचन समितिका संयोजक भूपेन्द्र न्यौपानेले र अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष गोम्देनले सपथ ग्रहण गराएका थिए ।
पार्टी झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक, नगर प्रमुख हरिकुमार राना, नगर कार्यपालिका सदस्य लोकनाथ गौतम, नगर कमिटीका निवर्तमान अध्यक्ष प्रेमसागर सापकोटा, अध्यक्षका प्रत्यासी लोकनाथ गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोम्देनले प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई वडास्तरदेखि नै चलायमान बनाउने बताए । उनले पार्टीको हक, हितका लागि सबैको सुझावसँगै सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य पूण्य सुवेदीले गरेका थिए ।