खेलकुद

जलथललाई हराउँदै सैनिकले जित्यो उपाधि

By admin

November 10, 2021

कुमरखोद (झापा) । झापा गाउँपालिका २ स्थित जोरमाई युवा क्लब सडकबाडीको आयोजनमा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि अल इन वान सैनिकले जितेको छ ।

 

बुधबार भएको फाइनल खेलमा जलथल एफसीलाई टाइब्रेकरमा हराउँदै सैनिकले उपाधि जितेको हो । सैनिक र जलथलबीच भएको फाइनल प्रतिस्पर्धामा दुवै टीमबाट निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

 

टाइब्रेकरमा जलथललाई ४-३ गोलअन्तरले हराउँदै सैनिक विजेता बनेको हो । सैनिकका विप्लव गुरुङ फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए भने सैनिककै राजकुमार कन्दङ्वा प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उपविजेता जलथलका कर्ण लिम्बू हाइस्कोरर घोषित भए ।

 

फाइनल विजेता टिमलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले नगद ५१ हजार प्रदान गरे भने उपविजेता टिमलाई गौंरीशंकर राजवंशी र आयोजकले पुरस्कार दिएका थिए ।

 

जोरमाई युवा क्लवका अध्यक्ष बाबुराम लिम्बूको अध्यक्षतामा भएको समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका स्थानीय प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।