समाज

मुसाले गर्दा बिर्तामोड, अर्जुनधारा, गरामनी र चारआली दिनभरि विद्युतविहीन

By admin

November 13, 2021

बिर्तामोड । नेपाल विद्युत प्राधिकरणको अनारमनी सबस्टेशनमा मुसा पस्दा आज दिनभरि बिर्तामोड, अर्जुनधारा, गरामनी र चारआली क्षेत्र विद्युतविहीन बन्यो ।

 

सबस्टेशनको बसबारमा मुसा छिर्दा फ्लास ओभर भएर केबल पड्किँदा दिनभरि बिर्तामोड, अर्जुनधारा, गरामनी र चारआली क्षेत्रमा बिजुली आएन । बसबार पड्किएपछि मर्मतका लागि दुहवीबाट प्राविधिक झिकाइएर मर्मत गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिर रायले बताए ।

 

दुहबी र बिर्तामोडका प्राविधिकले मर्मत गरेपछि आज साँझ ७ बजेदेखि विद्युत सेवा सुचारु भएको छ । बिजुली नहुँदा उद्योग धन्दा प्रभावित भएका थिए ।