समाज

इलाममा दाजुको हत्या गर्ने भाइ पक्राउ

By admin

November 16, 2021

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।

 

भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना सोमबार साँझ पौने ६ बजे भएको हो ।

 

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको दाबी छ । चक्कु प्रहार गरेर दाजुको हत्या गरेको आरोपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।