सूचना प्रविधि

कस्तो रहनेछ आजको मौसम ?

By admin

November 17, 2021

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

 

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

 

शुक्रबारदेखि भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।