अर्थ बजार

घट्यो बिद्युत महशुल, नयाँ महशुल लागू

By admin

November 17, 2021

काठमाडौं । आजबाट बिद्युतको महशुल घटेको छ । विद्युत् नियमन आयोगले गत कात्तिकमा गरेको निर्णयअनुसार आजबाट बिद्युत महशुल घटाएर नयाँ महशुल लागू भएको गरिएको हो ।

 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । अब २० युनिटभन्दा कम विद्युत् खपत गर्नेले यो सुविधा पाउनेछन् ।

 

त्यस्तै सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले भने प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।

 

अब नेपाल विद्युत् प्राधिकरणले नयाँ दरअनुसार उपभोक्ताबाट महशुल उठाउनुपर्नेछ । बजेटले गरेको व्यवस्था अनुसार कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युतको महशुलमा पनि छुट पाइने छ ।

 

सरकारी स्वास्थ्य संस्थाले मिटर रिडिङ भएको २१ दिनभित्र महशुल तिरे कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् । अरु उपभोक्ताले भने मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट पाउनेछन् ।