सूचना प्रविधि

मौसमः अरब सागरको आंशिक प्रभाव, बदली र हिमपात

By admin

November 18, 2021

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

 

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ भने प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

 

यसैगरी, शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

 

उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरुसहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै, शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।