समाज

सात वर्षदेखि फरार अर्जुनधाराका एक युवा पक्राउ

By admin

November 22, 2021

झापा । वन पैदावर ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । झापा अर्जुनधाराका एक युवा सात वर्षपछि पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा अर्जुनधारा १ बस्ने ३६ वर्षीय रेशबहादुर एक्तेन रहेका छन् । झापा जिल्ला अदालतको २०७१ चैत २९ गतेको फैसला बमोजिम वन पैदावर ओसारपसार मुद्दामा उनलाई एक महिना कैद र १ लाख २६ हजार ४०३ रुपैयाँ जरिवाना तोकिएको थियो ।

 

हालसम्म फरार रहेका एक्तेनलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।