सूचना प्रविधि

मौसम बिग्रियो, यी स्थानमा वर्षा र हिमपात

By admin

November 23, 2021

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। आज बिहान प्रदेश १ का तराईका केही भूभागमा हुस्सु लागेको छ । हुस्सुसँगै जाडो बढेको छ ।

 

यस्तै, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।